२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । दुई भारतीय नागरिकले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नपुगी आरोहणको प्रमाण–पत्र लिएको खुलासा भएको छ ।

भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सन २०१६ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण–पत्र लिएको पुष्टि भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नरेन्द्र र रानीले उक्त वर्ष सगरमाथा चढेको भनी झुठा विवरण पेश गरी प्रमाण–पत्र लिएका खुलासा भएको हो । अहिले नरेन्द्र र सीमाको प्रमाणपत्र रद्द गरिएको बताइएको छ ।

उनीहरुले सगरमाथाको चुचुरोमा नपुगी आरोहणको प्रमाण–पत्र लिएको भन्ने उजुरी परेपछि मन्त्रालयले छानविन गर्न समिति गठन गरेको थियो । अनुसन्धानबाट नरेन्द्र र सीमाले झुठा विवरण पेश गरेर प्रमाणपत्र लिएको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरुले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम पूरा नगरी प्रमाण–पत्र लिएको पुष्टि भएको छ । त्यस्तै, मन्त्रालयको २६ माघको बैठकले नरेन्द्र र सीमालाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV