२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद विघटनका बारेमा अहिले सर्वोच्च अदालतमा बहस भैरहेकाले बोल्नु उचित नहुने बताउनु भएको छ ।

सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने भन्दै उहाँले अदालतको निर्णय सबैले मान्नु पर्ने बताउनु भएको हो । अध्यक्ष तिमिल्सिनाले संविधानले सवै अधिकार नागरिकलाई दिएकाले यसको रक्षा र संविधानले दिएका अधिकारहरुको उपभोगका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

पर्वतको महाशीला गाउँपालिकामा आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्ग अन्तर्गत मिलनचोक–सुभद्रखर्क खण्डको शिलान्यास गर्दै उहाँले पर्वतका वडा तहसम्म कालोपत्रे बाटो पु¥याउनेगरी काम भैरहेको पनि बताउनुभयो ।

अहिलेपनि जिल्लाका सवै स्थानीय तहमा सडक लगायतका पूर्वाधारको काम तीब्र गतिमा भैरहेको भन्दै तिमिल्सिनाले अबको दुई वर्षभित्रमा वडा तहसम्म पनि कालोपत्रे सडकको पहुँच पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV