२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । रितेश तामाङ, प्रथम चक्र लामा र किसन लामाले राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार जित हात पारेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा रितेशले ज्ञानी लामालाई ३–१ ले पराजित गरे ।बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगिताको अन्य खेलमा विकास महर्जनले दिलिप रिमाललाई ३–०, निर्भिक लामाले सूर्य थापा मगरलाई ३–०, पदम तामाङले सौरभ पोखरेललाई ३–० र सुशिल कुश्माले शम्भु श्रेष्ठलाई ३–२ ले हराए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV