२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधब कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको नाम जप्न छोडेर पशुपतिनाथको जप्न थालेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले बुधबार (आज) भृकुटी मण्डपमा आयोजित विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले पहिले मदन भण्डारीको नाम जप्ने गर्दथे । तर अहिले त्यो नाम पनि विर्सेर पशुपतिनाथको नाम जप्न थालेका छन् । तर, पशुपतिनाथले कसलाई माया गर्छ, थाहा छ ? तिमीले कति जनालाई सजाय दिएका छौ, ए प्रधानमन्त्री ओली ?’

प्रधानमन्त्री ओलीले गरेको पाप कसैले पनि धोईपखाली गरेर नसने उहाँले बताउनुभयो । ओलीले आयोजना गरेको सभा र आफूहरुले आयोजना गरेको सभा हेरेरै आधिकारिक नेकपा प्रष्ट हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘केपी ओलीको पक्षमा १ सय जना उभिएका छन् । हाम्रो पक्षमा ३०० जना उभिएका छन् । निर्वाचन आयोग प्रष्ट हुन जुरुरी छ । नपत्याए ४४१ जनालाई बोलाएर एक–एक जनाको टाउको गन्दा हुन्छ ।’

त्यस्तै अध्यक्ष नेपालले नेकपाको पहिले अध्यक्ष आफू भएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘पार्टीको पहिलो अध्यक्ष म हुँ । ओली पहिलो अध्यक्ष ओली पक्षको होला, बालकोटको होला । तर, नेकपाको होइन ।’

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV