२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । भंगेराको कथा सुनाउँदै मिस्टर केपी ओलीको जमानत जफत भएको बताएका छन् । बुधबार भृकृटीमण्डपमा आयोजित विरोध सभामा प्रधानमन्त्री ओलीको खुट्टी हेर्दै चाल पाइएको बताउँदै अबको दुई वर्षपछि उनको सम्पूर्ण जमानत जफत हुने उनले बताए ।

उनले भने, ‘मिस्टर केपी ओली तपाईका खुट्टी हेर्दै पत्यायौँ । तपाईको दुई तिहाई होइन, जवाना जफत हुने छ अबको दुई वर्षमा ।’ बुधबारको आन्दोलनको आवाज नसुनिए ६२÷६३ सालको जनआन्दोलन दोहोरिने चुनौती पनि उनले ओलीलाई दिएका छन् ।

साथै, प्रधानमन्त्री ओलीलाई बुधबारको आन्दोलन नहेरेको भए हेर्न उनले भनेका छन् । ‘केपी ओलीजी, आउनुहोस् सभा कस्तो हुन्छ हेर्न,’ उनले भने ।
अहिलको आन्दोलन नेकपाको दुईटा गुटको क्रान्ति नभएर प्रतिगमन क्रान्ति भएको पनि नेता खनालले बताएका छन् । एउटा कुर्सीका लागि नभएर संविधानको रक्षा र मूल्यमान्यताको रक्षाका लागि लडिरहेको उनले बताए ।

अन्तमा उनले भने,‘हामीहरु अर्काे क्रान्तितर्फ उन्मुख भएका छौँ । अबको हाम्रो बाटो भनेको समाजवाद हो ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV