२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । नेकपा प्रचण्ड-नेपाल समुह अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापा मगरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अप्ठ्यारोमा परेँ भनेर दलमा कहिल्यौ सहयोग नमागेको बताउउनु भएको छ ।

उहाँले प्रधानमन्त्री पार्टी र सरकारमा काम गर्न नदिएको भन्दै आँसु चुहाउदै अनुनयविनय गरेको बताउदै यदी पश्चाताव भएको भए संसद विघटन गर्नुअघि दलमा किन सल्लाह नगरेको ? भन्ने प्रश्नको जवाफ लिएर आउन खबरदारी गर्नुभयो ।

साथै उहाँले ओलीलाई प्रतिगमन गरेर भुल गरेको अनुभूति भए आजै बालकोट गएर बस्न आग्रह गर्नुभयो । यदी होइन भने संस्थागत राजतन्त्रबाट हुर्केको बादशाहलाई घोडाबाट निकालेर श्रीपेचलाई पुटवल खेलको जनताको इतिहाँस रहेको बताउनुभयो ।

केपी ओली भर्खरै श्रीपेच लगाउन चाहने तानाशाही भएकाले शान्तिपूर्ण आन्दोलन नै काफी हुने उहाँले बताउनु भयो । आफूहरलाई चिडिया खाना लैजानु नपर्ने बताउदै बरु प्रतिगामीहरुको मतियारलाई आर्यघाट लैजान महिलाहरु काफी भएको अध्यक्ष थापाले बताउनु यभो ।

अध्यक्ष थापाले पार्टी र सरकारको काम ठिक ढंगले गर्न नसकेपछि प्रधानमन्त्रीले नरह्यो बाँस नरह्याे बासुरी जस्तै गरेर देशको संविधानमाथि प्रहार गरेको आरोप लगाउनु भयो । पार्टी विधान अनुसार चल्ने र देश संविधान अनुसार चल्ने बताउदै अध्यक्ष थापाले नेपाली जनताले ७ दशक लगाएर स्थापीत गरेको संघिय लोकतान्त्रीक गणतन्त्रलाई नै ध्वस्त पारेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर देशलाई अध्यारो सुरुङमा हालेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउनु भयो ।

महिलालाई दोस्रो नागरिकबाट उठाएर ३३ प्रतिशत न्युनतम सहभागीतासहित राष्ट्रपति र उपराष्ट्रपतिमा एक महिला व्यवस्थापीकामा ३३ प्रतिसशत समावेश गराई सामाजिक न्याय र समृद्धिमा अगाडि बढउदै संमाजवादको बाटो देखेको संविधान महिलाहरुको लागि प्राण भन्दा प्यारो रहेको अध्यक्ष थापाको भनाइ छ ।

निर्मला पन्त र भगिरथी भट्टको बलात्कार गरि हत्या गर्नेलाई कारवाही र पहिचान गर्न नसक्नेहरुलाई वडाका सबै महिलाहरुलाई प्रतिगमन नसच्चिएसम्म सेल्फ डिफेन्स तालिम दिएर हातमा चुलेसी, खुकुरी डाडुपन्यु लिएर उठ्न उहाँले आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV