२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । आशा लिम्बूको पहिलो गीत सार्वजनिक भएको छ । टीकाराम पौडेलको शब्द तथा आसुतोष राईको संगीत रहेको ‘आमाको दुःख’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

‘जनम जनम–२’ एल्बममा समावेश गरिएको ‘आमाको दुःख’लाई दीनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतलाई अजय सिंह कार्की, राजा बाबु थारु, चन्द्र चौधरीले रेकर्ड गरेका हुन्, भने प्रकाश मिश्रले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

आसुतोष राई युट्यूवमार्फत् सार्वजनिक गरिएको गीतको भिडियोलाई आसुतोष राईले निर्देशन गरेका हुन् । गीतको भिडियोमा गायिका आशा लिम्बूलाई फिचर्ड गरिएको छ ।

अनील कटवालले छायाङ्कन गरेका गीतको भिडियोलाई अरुण कटवालले सम्पादन गरेका हुन् । भिडियोलाई भीम लावती, देवीमाया लावती र गंगा प्रसाद लावतीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV