२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । प्रतिनिधिसभा सांसद् एवं प्रचण्ड–नेपाल निकट नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई बास्साको संज्ञा दिएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री र गृहमन्त्री देशको बास्सा अर्थात् तानाशाह बनेर शासन गरिरहेको उनले बताइन् ।

‘खड्कप्रसाद ओली र बादल बास्सा हुन्,’ नेतृ झाँक्रीले भनिन्, ‘राज्यको सम्पत्ति दोहन गरेर बुख्याचा बनाउने काम ओलीले गरेका छन् । मन्त्रिपरिषद्लाई एउटा कोठा बनाएर खुसुक्क निर्णय गर्ने ?
संसद पुनःस्थपान नहुने कुनै कुरा छैन, सर्वाेच्च अदालतले कानुनसम्मत फैसला गर्नेछ ।’

साथै, आफूहरु प्रधानमन्त्री ओली आर्थत् व्यक्तिसँथ नभएर खड्ग ओली प्रवृत्तिविरुद्ध लडेको पनि बताइन् । ‘प्रधानमन्त्री व्यक्ति होइनन् । हामी व्यक्ति विरुद्ध नलडेर संस्कार, संस्कृतिको अन्त्यका विरुद्ध हो ।’ मन्तव्यको अन्तमा उनले अब अड्का ओली प्रवृत्तिको अन्त्य गरिने पनि उद्घोष गरिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV