२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुशन्धान आयोग भ्रष्ट्राचारीहरुको लागि त्रसित र निर्दोषका लगि संरक्षणको थलो बन्नुपर्ने बताउनु भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुशन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निश्पक्ष हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि हिसाबले अख्तियार यस्तो निष्पक्ष हुनुपर्छ, जसबाट दोषी र अपराधीहरु थर्कमान हुनुपर्दछ, अख्तियारको आँखा नपुगेको ठाउँ कहि छैन, उसले हात हाल्ने र अनुशन्धान गर्ने ठाउँ कहि छैन भन्नेगरीको त्रास उत्पन्न हुने बन्नुपर्दछ।’ साथै उहाँले थप्नुभयो, ‘निर्दोश मानिसहरुका लागि अख्तियार त्रासको होइनकी सरक्षणको थलो हो भन्नेगरिको बन्नु पर्छ।’

उहाँले कसैले झुटो आरोप लगाएपनि अख्तियारले निष्पक्ष छानविन गरेर सफाई पाउने खालको वातावरण बन्नुपर्ने बताउनु भयो । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको राष्ट्रिय दायीत्व भएको भन्दै अख्तियारले हालसम्म गरेको कामलाई प्रधानमन्त्री ओलीले धन्यवादसमेत व्यक्त गर्नुभयो ।

अन्तराष्ट्रिय अनुबन्धको पक्ष नेपाल पनि भएकाले संयुक्त राष्ट्रसंघको भ्रष्ट्राचार बिरुद्धको अभियानमा पनि प्रतिबद्धता नेपालको रहेको बताउनु भयो । संयुक्त राष्ट्रसंघ या कसैको लागि प्रतिबद्धता जनाउदा कर्तव्यमा मात्रै झकझकाउने तर भ्रष्ट्राचारको नियन्त्रण संयुक्त राष्ट्रसंघलाई देखाउन नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

भ्रष्ट्राचारको नियन्त्रण समाज र समाजको मनोवृतिलाई स्वच्छ बनाउन नियन्त्रण गर्नुपर्ने बताउनु यभो । उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघ वा कुनै संस्थालाई देखाउनका लागि देखाउन होइन, हाम्रो समाज र समाजको मनोवृत्तिलाई स्वच्छ बनाउन हो, समाजको विकासको प्रकृयालाई स्वच्छ ढंगले अगाडि बढाउनलाई हो।’

अरु संस्थाको अब्लिगेशन भएपनि त्यो बास्तवमा केही नभएको मुख्य कुरा हाम्रो संकल्प, प्रतिबद्धता र सभ्यसमाज बनाउने हाम्रो चहना चाही मुख्य कुरा भएको प्रधानमन्त्री ओलीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV