२८ माघ २०७७, बुधबार

एजेन्सी, २८ माघ । म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेस्ट ह्यामलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदान म्यानचेस्टर युनाइटेडलाई एफए कपको क्वाटरफाइनलमा पुर्याउनको लागि स्कट म्याकटोमिनेले गोल गरे । उनले ९७औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।

अर्काे खेलमा बर्नमाउथले बर्नलेलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । बर्नमाउथका साम सुरिज र जुनियर स्टानिसलासले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV