२७ माघ २०७७, मंगलवार

काठमाडौं, २७ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायका राजदूत खनान गोडेरले आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

उक्त भेटवार्तामा मन्त्री ढकालले उक्त मुलुककसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको छ ।

उहाँहरूबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV