२७ माघ २०७७, मंगलवार
  • सुरेश भट्ट,

कञ्चनपुर, २७ माघ । कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिकाको–६ सुतिया नदी क्षेत्रबाट २० ग्राम ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) ओसार पसार गर्ने एक जना नाइकेलाई पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले भारतको पिलभित जिल्ला बम्मनपुर पधिरत सारदा पुरी बस्ने सुच्चा सिंहलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा शंका लागि चेकजाच गर्दा सिंहको साथमा २० ग्राम ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

उनी नेपालबाट लागूऔषध ओसारपसार गर्ने गिरोहका नाइकेसमेत रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवक्ता अमर बहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV