२७ माघ २०७७, मंगलवार
  • सुशील ढुङ्गाना,

कैलाली, २७ माघ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले हिजोका दिनमा बुर्जुवा शिक्षा भन्दै विद्यालयबाट थुतेर जनमुक्ति सेना बनाएकाहरुको पुष्पकमल दाहाल प्रचण्डले अवमूल्यन गरेको आरोप लगाउनुभएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा मन्त्री भट्टले प्रचण्डलाई आजको ठाउँमा पु¥याउने ती कार्यकर्तालाई बिर्सेर परिवारवादमा लागेको आरोप पनि लगाउनुभयो ।

साथै प्रचण्डले आफूलाई दलालको संज्ञा दिईएको प्रति लक्षित गर्दै आफू कसैको दास नरहेका पनि उहाँले प्रष्ट पार्नुभयो । त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा गौरीशंकर थारुले पटक पटक प्रचण्डले देश, जनता र पार्टीलाई धोका दिदै गद्दारी गर्दै आएकोले आफूहरुले उनको साथ छोड्न बाध्य भएको बताउनुभयो ।

अहिले कुनै बिचार र सिद्धान्तमा भिन्नताको कारण नभएर आफ्नो ब्यक्तिगत स्वार्थको कारण जनताको म्याण्डेड विपरीत सरकार ढाल्ने र पार्टीबाट चौटीएर गएकोे आरोप पनि मन्त्री थारुले लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV