२७ माघ २०७७, मंगलवार
  • विश्वराज तामाङ

उदयपुर, २७ माघ । जिल्ला प्रहरी कार्यालय उदयपुरले हाल सम्मकै ठूलो परिणामा लागुऔषधि (गाँजा) नियन्त्रणमा लिएको छ । उदयपुरको कटारी नगरपालिका ८ सानो दमार स्थित सिद्धिचरण राजमार्गमा बेतेनी तर्फबाट आउदै गरेको स १ च ८०४ नम्बरको बोलेरोमा अदुवाको बोराले छोपेर ल्याईदै गरेको अबस्थामा गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

धनगढीमाई नगरपालिका १० जिरोमाइलका हस्त बहादुर पुलामी मगरका छोरा ४१ वर्षीय सन्त बहादुर मगरलाई एक सय २१ केजी गाँजा सहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय कटारीको विशेष टोलीले स्वीप अप्रेशन मार्फत गाँजा नियन्त्रणमा लिएको हो । यता त्रियुगा नगरपालिका ६ जलजलेबाट बिशेष प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा डाइजेपाम २१ एम्पुल, फेनार्गन २१ एम्पुल, लुपिजेसिउ २१ एम्पुल गरि ६३ एम्पुल र २ वटा सिरिन्ज सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएकाहरु त्रियुगा नगरपालिका १ का ३२ वर्षीय विदुर अधिकारी, त्रियुगा नगरपालिका १४ का २६ वर्षीय कुमार मगर, त्रियुगा नगरपालिका १३ का २५ वर्षीय सागर चौधरी, सुनसरी इटहरी २ का २५ वर्षीय अभिषेक जैसवाल, त्रियुगा नगरपालिका १२ का १५ वर्षीय राजाराम भगत र त्रियुगा नगरपालिका ११ का २६ वर्षीय असिम राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भिम बहादुर दाहालले जानकारी दिनु भयो ।

यता सोमबार राति त्रियुगा नगरपालिका ११ का २६ वर्षीय बालकुमार बुढाथोकीलाई चोरी गरेको सामान सहित प्रहरीले पक्राउ गरिएको छ । त्रियुगा नगरपालिका १२ का राजकुमार श्रेष्ठ र रुपा खड्काको घरबाट ल्यापटप, मोबाइल, सुन लगायतका सामाग्री सहित नियन्त्रणमा लिईएको हो ।

मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै नियन्त्रणमा लिईकाहरुलाई चोरी तथा लागुऔषध ओसार पसार सम्बन्धित मुद्धा चलानी गरिने प्रहरी उपरीक्षक दाहालले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV