२७ माघ २०७७, मंगलवार

काठमाडौं, २७ माघ। अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको बिस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताउनु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा विस्तार गर्न लागिएको निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले विस्तारित अस्पताल बनाउन आर्थिक अभाव हुन नदिने बताउनुभएको हो ।

विस्तारका क्रममा कुनैपनि निकायबाट बाधा नपुग्ने बताउदै उहाँले वीर अस्पतालसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताउनुभयो । आगामी छ महिनाभित्रमा विजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध हुने समेत उहाँले बताउनुभयो । उहाँले सडक डिभिजन, विद्युत प्राधिकरण, खानेपानी तथा अन्य निकायका सचिव तथा सम्वन्धित न्याम्स तथा वीरका पधाधिकारीहरुलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि छ महिनाभित्र प्रगति प्रतिवेदन पेश गर्न आग्रह गर्नुभएको थियो ।

अर्थमन्त्रीसँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले वीर अस्पताल जस्तो ठूलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरु लागिपरिरहेको बताउनुभयो । उहाँले दुवाकोटवासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV