२७ माघ २०७७, मंगलवार

एजेन्साी, २७ माघ । दक्षिण कोरियाको राजधानी सियोलमा कुकुर र बिरालोहरूमा कोरोना संक्रमणको संकेत देखाएमा परीक्षण हुने भएको छ ।यसबारे सियोल शहरको स्थानीय प्रशासनले जानकारी दिएको छ। केही समयम अगाडि बिरालोमा पनि कोरोना संक्रमण देखिएको थियो । घर पालुवा बिरालो र कुकुरमा ज्वरो र श्वास जस्ता समस्याहरू देखिएमा उनीहरुलाई कोरोना परीक्षण गर्ने जनाइएको छ । यदि ति घरपालुवा जनावरहरूलाई परीक्षण गर्दा सकारात्मक नतिजा आएमा तिनीहरूलाई घरमा क्वारेन्टाइनमा राखिने बताइएको छ ।

यद्यपि दक्षिण कोरियाको समाचार एजेन्सी योनहपको एक रिपोर्ट अनुसार  घरपालुवा जनावरको संक्रमणले मानिसहरुलाई अलग्गै राख्नु पर्ने कुनै प्रमाण देखाएको छैन। ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV