२७ माघ २०७७, मंगलवार

काठमाडौँ, २७ माघ । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ ।

जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेिीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV