२७ माघ २०७७, मंगलवार
  • कोकिला भण्डारी

धनकुटा, माघ २७ । विपन्न सँग अध्यक्ष कार्यक्रम अन्र्तगत धनकुटाको शहिदभूमी गाउँपालिकाले २४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुकालागि ७२० थान स्कुल व्याग प्रदान गरेको छ ।

उक्त स्कुल ब्याग कक्षा ४ र ५ का विद्यार्थीहरुको लागि पठनपाठनमा शहज होस भन्दै सहायक सामाग्रीका रुपमा ब्यागलाई राखिएको छ । पठनपाठनमा सहयोग पुग्ने र सामुदायिक विद्यालय पढ्न प्रोत्साहन मिल्ने भन्दै उक्त कक्षाका विद्यार्थीहरुकोलागि सहायक सामाग्रीका रुपमा रहेको ब्याग प्रदान गरेको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाको ३ लाख रुपैयाँ वजेट मार्फत व्याग खरिद गरी ती विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्ले ब्याग हस्तान्तरण गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV