२७ माघ २०७७, मंगलवार
  • कोकिला भण्डारी

धनकुटा, २७ माघ । शहिदभूमि गाउँपालिकामा भाइरसबाट सर्ने  पिपिआर रोग विरुद्ध पशुलाई भ्याक्सिन लगाउन शुरु गरिएको छ ।

शहिदभूमि गाउँपालिका पशुशाखा कार्यालयले शोमबारदेखि वडा नं ७ बाट भेडा-बाख्रामा लाग्ने महामारी रोग पिपिआर विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको हो । वडा नं ७ का वडाध्यक्ष बमबहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमका बीच सो वडाका ३ सय बाख्रालाई भ्याक्सिन लगाउँदै यो कार्यको शुरुवात गरिएको हो ।

पशु प्राविधिकहरुका अनुसार यो रोग लागिसकेपछि निको नहुने र एक ठाउँमा लागेपछि धेरै ठाउँमा फैलिने भएकोले यसको नियन्त्रणका लागि रोग लाग्नुअघि नै भ्याक्सिन लगाउन आवश्यक हुन्छ । साेही कारण भ्याक्सिन लगाउन सुरू गरिएकाे हाे ।

शोमबारबाट शुरु गरिएको भ्याक्सिन लगाउने कार्यक्रम गाउँपालिकाको ७ वटै वडामा आगामी फागुन ३ गते सम्म सञ्चालन गरिने पशु शाखाले जनाएको छ । भ्याक्सिनेटर खगेन्द्र भण्डारीले भ्याक्सिन लगाइरहनु भएको कार्यक्रममा पशुशाखा प्रमुख नगेन्द्र पौडेल, वडा सदस्य गोविन्द पौडेल, पशु प्राविधिक हरिकुमार राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV