२६ माघ २०७७, सोमबार

काठमाडौं, २६ माघ । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)ले ललितपुर जिल्ला तेक्वान्दो संघलाई म्याट सहयोग स्वरुप प्रदान गरेको छ ।
आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कारलगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको व्यञ्जनकारले जनाएका छन् ।

विगतमा पनि आईओएफटीसीले नेपालका विभिन्न जिल्लाका तेक्वान्दो संघलाई सामाग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV