२६ माघ २०७७, सोमबार

काठमाडौं, २६ माघ । नेपाली बक्सर खेलाडी अविरल घिमिरेले जापानका चर्चित किक बक्सर खेलाडी कोतेचुसँग प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको राष्ट्रिय स्तरको के केष्ता अर्थात के वन फेस्टिवलको अवसरमा अविरलले यो कोतेचुसँग प्रतिस्पर्धा गर्नु लागेका हुन् । यो फेष्टिवलका अवसरमा जापानमा हरेक बर्ष विश्वभरका चर्चित बक्सरहरुले सहभागिता जनाउने गरेका छन् ।

२० हजार दर्शक आँट्न सक्ने रिङमा यो प्रतियोगिता हुनेछ । तर यो प्रतियोगिताका लागि भने १० हजार मानिस मात्रै रिङमा प्रवेश गर्न पाउनेछन् । प्रतियोगितामा नेपालका अविरलसहित विश्वभरका चर्चित बक्सिङ खेलाडीहरुले सहभागितछा जनाउने छन् ।

अविरल र कोतेचुबीचको खेल भने मार्चको २८ तारिखमा जापानको वुदोउकानमा हुनेछ । नेपाली बक्सिङ इतिहासमा यो अविरलको नयाँ इतिहास हो । अििवरलले यसअघि कम उमेरमै विश्वस्तरको किक बक्सिङ के वनमा प्रतिस्पर्धा गरेर कीर्तीमानी  रेकर्ड बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV