२६ माघ २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, २६ माघ । प्रतिबन्धित औषधीसहित विराटनगर–१० बाट १ जना औषधि व्यवसायी पक्राउ परेका छन् ।विराटनगर–५ स्थायी घर भई विराटनगर–१० न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

दशलाख मूल्य भन्दा बढि रकमको प्रतिबन्धित औषधि दुई दाजुभाईले नेपालमा भारतबाट चोरी पैठारी गरेर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले नियन्त्रणमा लिइएको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले मण्डलको कोठाबाट प्रतिबन्धित औषधी, औषधिमा टाँस्न प्रयोग गरिने स्टीकर प्रिन्ट गर्ने मेशिन समेत बरामद गरेको छ । दाजु विकास मण्डल फरार रहेको र उनकाे खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरुको कोठाबाट ७९ प्रकारका औषधि बरामद गरेर जनाएको छ । उनिहरु लाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभागमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV