२६ माघ २०७७, सोमबार

एजेन्स, २६ माघ । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुट्दा ज्यान जानेको संख्या १८ जना पुगेको छ । त्यस्तै बेपत्ता भएका २०२ जनाको खोजी भइरहेको छ।हिजो आइतबार त्यहाँको नदीको बाँध भत्काएपछि विद्युत परियोजनामा ​​कार्यरत कामदार हराइरहेको जनाइएको थियो ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले हिजो घटनास्थलमा पुगेर ट्वीटमार्फत  अफवाहलाई ध्यान नदिन र पुरानो भिडियो साझा नगर्न आग्रह गरेका थिए ।

उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो। त्यहाँ राहत र उद्धारको कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV