२६ माघ २०७७, सोमबार

काठमाडाैँ, २६ माघ । राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गदै आएको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल सोमबार दिल्ली प्रस्थान गरेका छन् । भारतीय सांसदहरुको निमन्त्रणमा तीन दिने भारत भ्रमणमा निस्किएका ढकालले दिल्लीमा रहँदा भारतीय जनता पाटीका नेताहरु तथा सरकारका उच्च पदस्थ अधिकारीहरुलाई भेटने कार्यक्रम रहेको भ्रमण दलमा सहभागि दलका प्रवता सन्तोष कुमार पौडेलले जानकारी दिए ।

अन्तराष्ट्रिय सांसदहरुको मन्चको एशिया प्रसान्त क्षेत्रका संयोजक समेत रहेका ढकालले भविष्यमा हुन सक्ने सम्भावित राजनीतिक अस्थिरताको आकलन गरी वर्तमानमा नै विवेकपूर्ण र दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गदै आएका छन् ।

प्रतिनिधि सभाको विघटनको विषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तीव्र ध्रुवीकरण भएर संरकारको समर्थन र बिरोधमा ब्यापक प्रदर्शन भइरेको बेला ढकाल भारत भ्रमणमा गएका हुन् । अध्यक्ष ढकाल देशका सबै राजनीतिक दलहरु राम्रो सम्बन्ध भएका नेता मानिन्छन्, खासगरी प्रधानमन्त्री ओली र माधव नेपाल दुबै सँग ढकालको निकट सम्बन्ध रहेको बताइन्छ । ढकाल बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV