२६ माघ २०७७, सोमबार

काठमाडाैँ, २६ माघ । विवेकशील पार्टीले अधिनायकवाद विरुद्ध जुत्ता बोकेर प्रदर्शन गरेकाे छ  । साेमबार माइतीघर मण्डलामा उक्त पार्टीका कार्यकर्ताले प्ले-कार्ड, ब्यानर र जुत्ता बाेकेर प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा विघटनकाे विराेध तथा संसदीय सुनुवाईविना नै संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति अवैधानिक रहेकाे भन्दै  उनीहरूले जुत्ता-प्रदर्शन गरे ।  ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरिएको हो ।

तस्वीर : महेश्वर केसी/न्यूज २४

प्रतिक्रिया दिनुहोस्

LIVE TV