२५ माघ २०७७, आईतवार

खोटाङ, २५ माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको साधारण सभा सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समितिको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।

महासंघले साधारणसभाको अवसरमा दुई जना कृयाशिल पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गेरेको छ । पुरस्कृत पत्रकारद्वय कृष्णकला राई ९सुनिता० र सन्तोश पौडेललाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

साधारणसभा उद्घाटन सत्रमा पत्रकार राई र पौडेललाई जनही दुई हजार पाँच सयको साथमा प्रशंसा पत्र प्रदान गरिएको महासंघ शाखाले जनाएको छ ।

जिल्लामा पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रबेश गरी सक्रियता जनाएको भन्दै दुई पत्रकारलाई पुरस्कृत पौडेल न्यू २४ टेलिभिजनका खोटाङ सम्बाददाता र राई खोटाङ खबर साप्ताहिकमा कार्यरत छन् ।

यसैबीच महासंघले जिल्लाका ६ जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ शाखा खोटाङको स्थापनाकाल देखि हालसम्म पनि जिल्लामै रहेर पत्रकारिता पेशामा क्रियासील अग्रज पत्रकारहरुलाई महासंघले सम्मान गरेको हो ।

अग्रज पत्रकार कृष्ण आचार्य, उजुर राई, डम्बर सिह राई, भीम राई, दिलीप खत्री र बद्री आचार्यलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङले बताएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुईटेल, जिल्ला समन्वय समिती खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दोसल्ला ओढाएर पत्रकारहरुलाई सम्मान–पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव बिवेक गौतम, उदयपुर शाखाका अध्यक्ष भरत खड्का, पाँचथर शाखाका अध्यक्ष लवदेब ढुंगाना, ब्रोडकाष्टिक एशोसियसन नेपालका रेणु पराजुली लगायतका उपस्थित थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गैर सरकारी संस्था, उद्याग बाणिज्य संघ लगायतका सहभागिता थियो ।

कार्यक्रममा महासंघ शाखाका भवनका लागि निशुल्क जग्गा उपलबध गराउने कृषिविज्ञ तथा समाजसेवी मदन राईलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV