२५ माघ २०७७, आईतवार

काठमाडौं, २५ माघ । नेकपा दाहाल–नेपाल समूहका अनेरास्ववियूले काठमाडौंको हनुमानस्थान अनामनगरमा प्रदर्शन गरेको छ । अनेरास्ववियूले आइतबार (आज) दिउँसो प्रतिगमनविरूद्ध भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेको विरोध–पत्रसहित प्रदर्शन गरेको हो ।

उनीहरुले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दुःखी नेपाली अस्तव्यस्त नेपाल’ भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘केपी ओली वी हेट यू’, ‘केपी–विद्याको पाराले दुःख पायो साराले’, ‘हामी केही जान्दैनौं, संसद विघटन मान्दैनौं’, ‘आर्याघाटले के भन्छ, केपी ओली ले भन्छ’लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV