२५ माघ २०७७, आईतवार
  • तस्वीर : नवीन लामिछानेरगम्भीरजंग विश्वकर्मा,

मनाङ, २५ माघ । गत शुक्रबारदेखि वर्षासँगै परेको हिमपातले मनाङ हिउँले भरिएको भएको छ । भारी हिमपातका कारण मनाङका जनजीवन प्रभावित भएको छ । मनाङका सडक तथा बस्तीहरु हिउँले भरिपछि हिँडडुलमा समेत समस्य भएको छ ।

यसरी हिँडडुल गर्नसमेत समस्य (कठिन) भएपछि जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत प्रहरीहरुले सडक तथा बस्ती वरपरका हिउँ फालेका छन् । हिउ पर्न छोडेपछि त्यहाँका प्रहरीहरुले हिउँले अबरुद्ध बनाएको सडक तथा बस्तीहरुबाट हिउँ फालेका हुन् ।

जिल्लामा आइपर्ने विभिन्न किसिमका विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय मनाङ सक्रिय रहँदै आएको डीएसपी सुवास खड्काले बताए ।
हिमपात, आगालागी तथा विभिन्न किसिमका विपद् न्यूनीकरणका लागि नेपाल प्रहरी अग्रभागमा रहने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV