२५ माघ २०७७, आईतवार

एजेन्सी, २५ माघ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियलले हुएस्कामाथि २–१ को पूनरागमन जित निकालेको हो ।

रियललाई जित दिलाउनको लागि दुवै गोल राफयल भरानले गरे । हुएस्काका लागि जाभी गलानले गरेको गोल सान्त्वना बन्यो ।

४८औं मिनेटमा काउन्टर अट्याकमा सिन्जी ओकाजाकीको पासमा जाभी गलानले गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए ।

५४औं मिनेटमा राफयल भरानले गोल गर्दै रियललाई खेलमा फर्काए । मार्को एसेन्सियोमाथि फल भएपछि प्राप्त फ्रिकिकमा करिम बेन्जेमाल गरेको प्रहार क्रसबारमा लागेर फर्कदा भरानले हेडरमार्फत गोल गरेका थिए ।

८४औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियलाई अग्रता दिलाए । उनले क्यासमिरोको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल रियलले जित्यो ।

यो जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । उसले २१ खेलबाट ४३ अंक जोडेको छ । दुई खेल कम खेलेको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५० अंक रहेको छ । पराजित हुएस्का १६ अंक जोडेर पुछारमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV