२४ माघ २०७७, शनिबार

काठमाडौं, २४ माघ । जैशीदेबल युथ क्लवको आयोजनामा आयाजित प्रथम जुनियर मेयर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

माघ २२ गतेदेखि सुरू भएको तेक्वान्दो प्रतियोगितामा प्रथम दिलिप स्मृति तेक्वान्दो डोजाङ भएको छ । त्यसैगरी प्रतियोगितामा दोस्रो कोटेश्वर तेक्वान्दो डोजाङ र तेस्रो लैनचौर तेक्वानदो डोजाङ भएको छ ।

त्यसैगरी प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ठ खेलाडीमा कोटेश्वर डोजाङका सागर सिंह भएका छन भने महिला तर्फको उत्कृष्ट खेलाडीमा बिजेश्वरी तेक्वान्दोको एलिना बिष्ट भएकी छिन । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न आयुष डंगोल भएका छन ।

कार्यक्रममा उत्कृष्ट खेलाडी तथा बिजेताहरुलाई काठमार्डौ महानगरपालिकाका मेयर बिद्याशुन्दर शाक्यले पदक तथा प्रशंसा पत्र प्रदान गर्दै खेलकुृद क्षेत्रमा स्थानीय क्लकहरुको भूमिका महत्वपूर्ण भएको बताए । प्रतियोगितामा १४ वटा तेक्वान्दो डोजाङ टिमले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV