२४ माघ २०७७, शनिबार
  • रिदम सिंह,

बझाङ, २४ माघ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारी गाडीमा बनाइएको टिकटक भिडियो बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको गाडीमा बनाइएको टिकटक भिडियो फेसबुक र टिकटक एपलगायतमा भाइरल भएको हो ।

जनताको शान्ति सुरक्षा र अमनचयन कायम गर्न सहज बनाउनका लागि प्रहरी कार्यालयलाई दिइएको गाडी टिकटक बनाउन प्रयोग गरी दुरुपयोग गरिएको छ ।

जिल्लाको सुरक्षामा प्रभावकारी कदम चाल्नका लागि सवारी साधन कम भएको स्वयम् प्रहरीले नै बताउदै आएको बेला भएका सवारी साधन मनोरञ्जनका लागि प्रयोग भइरहेको भन्दै स्थानीयहरुले आक्रोहित भएका छन् ।

सरकारी त्यो पनि सुरक्षा निकायको गाडी दुरुपयोग भएपछि सामाजिक सञ्जालमा सर्बत्र आलोचना भइरहेको छ ।

यता जिलला प्रहरी कार्यालय बझाङले भने रेडिमेट जवाफ दिन थालेको छ । “गाडी ग्यारेजमा राखेको बेलामा एकजना युवकले टिकटक बनाउन प्रयोग गरेको हुनसक्छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले भने ।

बझाङ प्रहरी प्रमुख खड्काले गाडी मर्मत गर्ने ठाउँको मान्छे हुनसक्ने भन्दै गाडी नम्बर दिन नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV