२४ माघ २०७७, शनिबार
  • तारा आचार्य,

मोरङ, २४ माघ । विभिन्न विधामा योगदान पु-याएका आधा दर्जन श्रष्टाहरुलाई विराटनगरमा नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

शनिवार एक कार्यक्रमका बीच साहित्य चेतना पुरस्कारबाट काठमाडौंका दामोदर पुडासैनी, सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कारबाट प्रा.डा. विणा पौडेल, पत्रकारिता चेतना पुरस्कारबाट बनेपाका मोहन दुवाल, ललितकला चेतना पुरस्कारबाट विराटनगरकी माया पौडेल र बाल चेतना पुरस्कारबाट पोखराकी बाल प्रतिभा प्रिन्सा रेग्मीलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दोसल्ला ओढाएर सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।

विभिन्न व्यक्तिहरुले स्थापना गरेको सो पुरस्कारहरुमध्ये साहित्य चेतना पुरस्कारको राशी १ लाख १ हजार र अन्यको ५१ हजार रुपैया रहेको छ । हरेक बर्ष विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV