२४ माघ २०७७, शनिबार
  • सन्तोश पौडेल,

खोटाङ, २४ माघ । खोटाङमा प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन विरोध प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रजातान्त्रिक महासंघ लगायतका शुभेच्छुक संस्थाहरुले आधा घण्टे मौन बिरोध प्रदर्शन गरेका हुन् ।

शनिबार दिक्तेल बजारको त्रीवेणी चोकमा दिउँसो १२ बजेदेखि १२ः३० सम्म दुई संस्थाले मौन बिरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले कालो मास्क लगाई त्रीबेणी चोकको सडकमा प्रतिनिधि सभा पुनर्वाहली गर, संवैधानिक सर्वोच्चता कायम गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सबैलाई सामाजिक सुरक्षा लागू गर, संघीय शिक्षा ऐन जारी गर, मर्यादित रोजगारी सिर्जना गर,संघिय शिक्षा ऐन लागू जारि गरलगायतका बिभिन्न प्ले कार्ड बोकेका थिए ।

नेपाली कांग्रसले देशव्यापी रुपमा आह्वान गरेको विरोध कार्यक्रम अनुरुप खोटाङमा पनि सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV