२४ माघ २०७७, शनिबार
  • वाशु श्रेष्ठ,

धादिङ, २४ माघ । चिनियाँ लगानीको बहुराष्ट्रिय कम्पनीको सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय म्यानेजर पुरस्कार नेपालीले जितेका छन् ।

करीब आधा दर्जन देशमा लगानी रहेको हुवासीन सिमेन्ट कम्पनीको यस वर्षको अन्तर्राष्ट्रिय उत्कृष्ट म्यानेजरको उपाधि डिल्लीराज पोख्रेलले हात पार्न सफल भएका हुन् ।

पोख्रेल हुवासीन सिमेन्ट नारायणीमा उप–महाप्रबन्धक पदमा कार्यरत छन् । विभिन्न मुलुकमा रहेको हुवासीन कम्पनीमा कार्यरत म्यानेजरहरूको प्रतिस्पर्धामा पोख्रेल उत्कृष्ट भएका हुन ।

धादिङको ताल्तीमा हुवासीन सिमेन्ट निर्माणाधीन अवस्थामा छ । हुवासीन विश्वकै उच्च सिमेन्ट कम्पनी मध्येमा पर्छ ।

हुवासीनले उत्पादनमा आधुनिक प्रविधिको प्रयोग र सिमेन्टको गुणस्तरलाई आधार मान्दै आएको छ । पोख्रेल लामो समयसम्म टेलिभिजन पत्रकारिता गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV