२४ माघ २०७७, शनिबार

कास्की, २४ माघ । गण्डकी प्रदेश सरकारले तीन वर्ष पूरा गरेको छ । नाम र राजधानी तोक्नुभन्दा बाहेकको उल्लेख्य काम हुन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

आफ्नो तीन वर्षीय कालमा गण्डकी प्रदेश सरकारले नाम र राजधानी तोक्ने बाहेक आवश्यक कानून निर्माण, भौतिक संरचना निर्माणका लागि जग्गा प्राप्ति र विश्वविद्यालय निर्माण गर्ने लगायतका उपलब्धि ठानेको छ ।

पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बनेसँगै २०७४ फागुन ४ मा बसेको गण्डकी प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले २ वर्षभित्र प्रदशका ११ जिल्लाका सवै गाउँबस्तीमा बिजुली बत्ती र खानेपानी पु¥याउने घोषणा गरेको थियो ।

५ वर्षभित्र पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, अत्याधुनिक क्यान्सर, मुटु र मिर्गौला रोग उपचार केन्द्रको स्थापना गर्ने सहित महत्त्वपूर्ण ५ वटा निर्णय गरेको थियो ।

तर, घोषणा गरेको तीन बर्ष वितिसक्दापनि प्रदेश सरकारले सबै घरमा उज्यालो र खानेपानी पु¥याउन सकेको छैन । पहिलो बैठकले गरेको निर्णय कार्यान्वयन नै अहिले प्रदेश सरकारलाई टाउको दुखाइ बनेको छ ।

तीन बर्ष लगाएर बनाइएका ऐन, कानुनहरु जनताले प्रत्यक्ष लाभ लिने भन्दा पनि जनप्रतिनिधिका आफ्नै सेवासुविधा र अधिकारमा केन्द्रित रहेको भन्दै आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV