२४ माघ २०७७, शनिबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २३ माघ । कपिलवस्तुमा कोरोनाविरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २१६ जनाले खोप लगाएका छन ।अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्यमसेविका सफाईकमी, एम्बुलेन्स चालक कारागारका कैदीबन्दी र सुरक्षाकर्मीले पहिलो चरणमा खोप लगाएका हुन् ।जिल्ला स्वास्थय कार्यालयद्वारा कोरोनाको पहिलो चरणको प्रगति बिबरणका विषयमा आयोजित अन्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले सो जानकारी गराएका हुन् । जिल्लालाई कोभिशिल्ड नामक कोरोनाको खोप ४५ सय भाईल प्राप्त भएको थियो ।

खोपका लागि २ हजार ४३ जनाको लक्ष्य तोकिएको थियो । महिला स्वयमसेबिका ६ सय ४७ जना, स्वाथ्यकर्मी ६ सय ९७ जना, सरसफाईकर्मी ९९, स्वास्थय संस्थाका अन्य कर्मचारी ९९, सव ब्यवस्थापन सुरक्षाकर्मी ७९, कपिलवसतु कारागारमा रहेको कैदीबन्दी र सुरक्षाकर्मी ४ सय ४२ जनाालई खोप लगाइएको छ ।

पहिलो चरणमा ३ वटा खोप केन्द्र र ९ वटा स्टेलाई केन्द्र खडा गरिएको थियो । प्रजिअ दीर्घ नारायण पौडेलको संयाजकत्वमा रहेको कोरोना समन्वय तथा अनुमगन समितिले अग्रपन्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरफाईएकर्मी सुरक्षाकर्मीलाई खोप दिने निर्णय गरेको थियो ।

कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले कोरोना खोपको पहिलो चरणको अभियानमा कपिलवस्तु नेपाल कै तेश्रो स्थान हासिल गरेको बताए । सो अवसरमा कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले खोप लगाएको मध्ये कसैलाईै पनि ठूलो असर नपरेको बताए । उनले सामान्य रिगटा र ज्व।रो आउने र थकान महसुस हुने बाकेह अन्य केही नभएको उनले बताए ।

पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा २८ दिन पछि फेरि खोप लगाईने छ । प्रजिअ दीर्घ नारायण पौडेलले कपिलस्तुमा पहिलो चरणको खोप अभियान सफलतापूर्वक संपन्न भएको बताए । उनले अभियानमा सबैले राम्रो साथ दिएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले कोरोना खोपमा कपिलवस्तुले राम्रो स्थान हासिल गरेको बताए । जिल्लामा खोपको अवस्था कामजोर भएको भन्दै आगाम बैशाख भित्र खोपको पहुच र उपभोगलाई बढाई जिल्लालाईै पुर्ण खोपयुक्त घोषणा गर्न अभियान चलाइएको बताए । कार्यक्रम प्रअिज पौडेलको अध्यक्षता र उमेश घिमिरेको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV