२४ माघ २०७७, शनिबार

काठमाडौँ, २४ माघ । मुलुकमा पश्चिमी वायुको प्रभावसँगै मौसम बदली भएर चिसो बढेको छ । शुक्रबार राति पश्चिम नेपालका उच्च पहाडी भेग तथा हिमागी भूभागमा हिमपात भएको छ । कतै सामान्य वर्षा र कतै हिमपात भएको छ भने कतै मौसममा सामान्य बदली भएर घाम लागेको अवस्था छ । यसै सन्दर्भमा केही स्थानबाट देखिएका हिमाली लाली र हिमपातका तस्वीरहरू-

१) बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित पर्यटकीयस्थल बेलढुङ्गाबाट शनिबार एकाबिहानै झिसमिसेमा देखिएको हिमालको दृश्य ।

 

२) मुगुकाे प्रसिद्ध रारा ताल क्षेत्रमा भएकाे हिमपात । रारा तालमा हिमपात भएपछि त्यस स्थानका छेउ-छाउमा रहेका होटल, होमस्टेहरुमा हिउँ खेल्न अाउने पर्यटकहरूले भरिभराउ भएका छन् ।

 

३) म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तामा भएको हिमपात । वर्षासँगै बढेको चिसोको कारण म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ ।

 

४) म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तामा भएको हिमपात ।

 

५) जुम्लामा परेको हिमपात । उच्च हिमाली क्षेत्रका विभिन्न गाउँ हिउले सेताम्य भएका छन्

तस्वीरहरू : न्यूज २४ कर्मी तथा रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV