२४ माघ २०७७, शनिबार
  • राजन परियार 

सिन्धुली, २४ माघ । सिन्धुलीमा शुक्रबार जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३३ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका ५ सिमसारपाखा स्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटनाहुँदा मरिण गाउँपालिका- २ सिन्धुलीका वर्ष २५ का प्रताप लोको मृत्यु भएको हो । उनको काठमाण्डौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलले दिएको जानकारी अनुसार उक्त ट्याक्टर हरिहरपुरगढी गाउँपालिका २ बखपरबाट मरिण गाउँपालिका २ रातमाटे तर्फ जन्ती लिएर आउँदै गरेको थियो । ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी प्रवक्ता पोखरेलले जनाए ।

‘घाइते ३३ जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । सात जनाको अवस्था मध्यम रहेको छ भने २३ जना सामान्य घाईते भएका छन्,’ उनले भने । गम्भीर घाइतेहरुको हेलिकप्टर मार्फत उद्धारगरी उपचारका लागि काठमाण्डौं स्थित ट्रमा सेन्टर पठाइएको छ । सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV