२४ माघ २०७७, शनिबार

काठमाडाैँ, २४ माघ । यस वर्षको भ्यालेन्टाइन्सको अवसरमा शुभेच्छा शर्माकृत उपन्यास आउने भएको छ । उपन्यासलाई अजम्बरी पब्लिकेसनले बजारमा ल्याउन लागेको हो ।
एउटी किशोरीको बाबुसरहका प्रिन्सिपलसँगको प्रेम–रोमान्स अनि त्यसले निम्त्याएको परिणति हो– ‘अफेयर’ ।

उपन्यासबारे प्रकाशक कृष्ण अविरल भन्छन्, ‘यस उपन्यासमा स्कुल–कलेजका होस्टेलमा हुने विकृति र विसङ्गतिको सार छ । कामकाजी बाबुआमाको माया पाउन नसकेर तड्पिएकी एउटी बच्चीको चीत्कार छ । हाम्रो सहरिया समाज कतातिर गइरहेको छ भन्ने कुराको सटिक चिरफार छ ।’

‘अफेयर’ शुभेच्छा शर्माको पहिलो उपन्यास हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत उनी विगतमा किशोरकिशोरी लक्षित रेडियो कार्यव्रmम पनि सञ्चालन गर्थिन् । शहरिया अतिनिम्न र मध्यम वर्गीय एकल महिलाहरुको पीडा चित्रण भएको ‘भाडाको कोख’ नामको उनको अर्को उपन्यास पनि प्रकाशोन्मुख छ ।

अफेयरलाई भ्यालेन्टाइन्सको छेको पारेर बजारमा पठाउने तयारमा रहेको अजम्बरी पब्लिकेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV