२३ माघ २०७७, शुक्रबार

काठमाडौं, २३ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको केहि समयपछि नै केपी शर्मा ओलीमा व्यक्तिबाद देखिएको आरोप लगाउनुभएको छ ।

शुक्रबार ललितपुरमा नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा प्रचण्डले ओलीले एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजेको अरोप लगाउनुभएको हो ।

उहाँले पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बितिकै ओलीले फुट्ने धम्की दिने गरेको स्मरण गर्दै ओलीको कम्युनिष्ट विरोधी कामले नै संघर्ष सुरु भएको धारणा राख्नुभयो ।

उहाँले पटक–पटक ओलीले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको बताउँनुभयो । ओलीकै कारण उपलव्धि धरापमा परेको र मुलुक अध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उहाँले बताउनुभयो ।

प्रचण्डले ७० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य आफूहरुसंग रहेकाले आफूहरु नै आधिकारीक नेकपा भएको र निर्वाचन आयोगमा पनि दावी गरिएको जानकारी दिनुभयो । उहाँले पार्टी आफूहरुले नभई ओलीले फुटाएको तर्क गर्नुभयो ।

त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीमा अहंकार र व्यक्तिवाद हावी भएको आरोप लगाउनुभयो । संविधान मिच्ने काम ओलीबाटै भएको भन्दै नेपालले प्रधानमन्त्री पदमा रहन ओलीलाई नैतिकताले पनि नलिने बताउनुभयो ।

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुषालले सरकारको नेतृत्व गरिरहेका ओलीको प्रतिगमनलाई परास्त गरिने बताउनुभयो ।

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV