२३ माघ २०७७, शुक्रबार
  • केदार शर्मा,

चितवन, २३ माघ । भरतपुर महानगरपालिकाले भूमिहीन, सुकुम्बासीलाई जग्गा प्रदान गर्ने काम अगाडि बढाएको छ । महानगपालिकाले पहिलो चरणमा शुक्रबार भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाईको शुभारम्भ गरेको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगको निर्देशन अनुसार आयोगको काम अगाडि बढाइएको महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् । मेयर दाहालले भूमिहीन, सुकुम्बासी वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउने बताइन् ।

उनले कसैलाई पनि काखा र पाखाको व्यवहार नगरी लक्षित वर्गको काम सम्पन्न गर्न समेत कर्मचारीलाई आग्रह गरेकी छन् । भरतपुर महानगरपालिकाले हालसम्म गरेको प्रारम्बिक लगत संकलनमार्फत ११ हजार शङख्याको हाराहारीमा भुमिहीन रहेको लगत संकलन गरेको छ ।

२ वटा वडाको आउन बाँकी छ । आउदो बर्षको मसान्त सम्ममा अब्यस्थित बसोबासीलाई ब्यबस्थी र पूर्जा बितरण गरी आफ्नो कार्यकालभित्र सबै भूमिहीनको हातमा पूर्जा पुर्याईसक्ने मेयर दाहालले बताइन् ।

“हामी एकदमै संवेदनशील काम गर्न गइरहेका छाँै । इतिहासले हामीलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ । हामी भाग्यमानी छौँ कि हामीलाई यो सुवर्ण अवसर मिलेको छ”, मेयर दाहालले भनिन्, “यो आफन्त वा त्यो आफन्त नभनेर जो लक्षित वर्ग हो, त्यसका निम्ति काम गर्नुस् । कसैलाई पनि विभेद गरिदैन ।”

‘नपर्नुपर्ने मान्छे प¥यो भने त्यो जस्तो ठूलो समस्या अरू केही हुनेछैन”, उहाँले भन्नुभयो, “लोभ र लाभलाई पर राखेर काम गरिन्छ । लोभ र लाभले ठूलो क्षति पु¥याउँछ । लगत संकलन इकाई कार्यलय शुभारम्भ कार्यक्रममा महानगरपालिकाकी उप मेयर पार्वती शाहले आयोगले तयार पारेको निर्देशिकामा रहेर पुर्र्जा वितरण गर्ने बताइन् ।

उनले आयोगले बनाएको निर्देशिका बिपरित आँफूहरुले काम नगर्ने र भनसुनका आधारमा अगाडि जस्तो भद्रगोल कामपनि नहुने दाबी गरिन् । अब महानगरपालिकाले भूमिहीनका वास्तविक तथ्याङ्क निकालेर आगामी आर्थिक बर्षको मसान्त सम्ममा पूर्जा बितरण गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV