२३ माघ २०७७, शुक्रबार

काठमाडौं, २३ माघ । गायक खगेन्द्र राईको नयाँ गीत सार्वजनिक भएको छ । जीवन राइसनको शब्द र हरि लम्सालको संगीत तथा एरेञ्ज रहेको ‘हजार जुनी’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘हजार जुनी’लाई चन्द्र चौधरीले मिक्सिङ/मास्टरिङ गरेका हुन् । ट्वेल्भ नोटमार्फत् सार्वजनिक गरिएको ‘हजार जुनी’ गीतको भिडियोमा सुधीर श्रेष्ठ, सिर्जना राई र दुर्लभ जन्तरे फिचर्ड छन् ।

भिडियोको स्टोरी, कन्सेप्ट तथा निर्देशन पनि दुर्लभ जन्तरेको आफ्नै गरेको छ । भिडियोलाई गंगाराम राईले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV