२३ माघ २०७७, शुक्रबार

काठमाडौँ, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले ‘मांसाहारी आन्दोलन’ गर्न खाेज्नेलाई चिडियाखानामा लगेर थुनिदिने बताउनुभएकाे छ ।

नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहले शुक्रबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्छु भन्नेलाइ जावलाखेलकाे चिडियाखानामा लगेर बन्द गर्ने बताउनुभएकाे हाे ।

केही दिनअघि नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे प्रतिगमन विरूद्ध साकाहारी आन्दोलनले नहुने भन्दै अब मांशाहारी आन्दोलन गर्नुपर्ने बताउनुभएकाे थियाे । उहाँकै भनाइप्रति इंगित गर्दै गृहमन्त्री थापाले साे कुरा बताउनुभएकाे हाे ।

‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिन्छ’, गृहमन्त्री थापाले भन्नुभयाे । उहाँले संविधान र कानुनले नै मांसाहारी आन्दोलन गर्नुलाई अपराध घोषित गरेको भन्दै त्यस्ताे गर्नेहरूप्रति सचेत रहन समेत उपस्थित भेलालाइ निर्देशन दिनुभयाे ।

उहाँले गणतन्त्रको रक्षाका लागि आफूहरुकाे जनसभा दरबार अगाडि नै गरेकाे पनि बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV