२३ माघ २०७७, शुक्रबार
  • महेश्वर के. सी

काठमाडौं, २३ माघ । नागरिक समाजले आज शुक्रबार बिहानै शीतल निवास नजिक मार्च पास गरेको छ । बृहत् नागरिक आन्दोलनअन्तर्गत उनीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्तिको प्रतिकारस्वरुप मार्चपास निकालेका हुन् ।

नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् । उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छरु, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए ।

विभिन्न संवैधानिक निकायका अध्यक्ष र सदस्यका रूपमा सिफारिस गरिएकाहरूलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको थियो । शीतल निवासमा उनीहरुलाई शपथ ग्रहण गराइएको थियो ।

नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध पनि प्रदर्शन गर्दै आएका छन् । केही दिनअघिको नागरिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै उनीहरु थप आन्दोलित भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले ओली समूहले आजै रायणहिटी राजदरबार अगाडि जनसभा आयोजना गर्दै छ । उक्त सभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमको अन्तिम तयारी अहिले जारी छ ।

दरबारमार्गमा प्रधानमन्त्री ओलीका तस्बिरहरु सजाइएको छ भने मञ्चमा डिजिटल डिस्प्लेसहित सजाउने काम भइरहेको छ। प्राविधिकहरुले अडियोको परीक्षण गरिरहेका छन् । दरबारमार्ग पखालिएको छ भने पसलहरु बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV