२२ माघ २०७७, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट, २२ माघ । इलाका प्रहरी कार्यालय गरुडाले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलीले गरुडा नगरपालिका वडा नम्बर ५ झाझपुलस्थित गौर–चन्द्रपुर सडक खण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक बारा जिल्ला कोल्हबी नगरपालिका वडा नम्बर १० प्रसौना टोल निवासी २० वर्षीय देव प्रकाश चौधरी र पछाडि बस्ने सोही नगरपालिका वडा नम्बर ७ धोधरपा टोल निवासी २१ वर्षीय सागर चौधरी रहेको प्रहरीले जनाएको छ ।

सो कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार प्रहरीले चेकजाँचको क्रममा जिल्लाको कटहरीया बजारदेखि गरुडातर्फ जाँदै गरेको अवस्थामा प्रदेश ०३–००२ प ६५८८ नम्बरको रातो रंगको २०० सीसीको एनएस पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलको साँचो आधा भाँचिएको अवस्थामा रहेकाले शंका लागि मोटरसाइकलको कागजात माग्दा देखाउन नसकेको र थप सोधपुछ गर्दा मोटरसाइकल छाडेर भाग्न खोज्दा उनीहरुलाई पक्राउ गरेको हो ।

भाग्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरर्साकल ३÷४ दिन अगाडि हेटौडाबाट चोरी गरी ल्याएको बताएकाले उनीहरुलाई पक्राउ गरी मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा पठाइएको प्रहरी नायव उपरीक्षक रावले जानकारी दिए ।

उनले इलाका प्रहरी कार्यालय गरुडाले पछिल्लो समय चोरीको मोटरसाइकल र यस कार्यमा संलग्न गिरोहमाथि कडा निगरानी गर्दै पक्राउ गर्न सफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV