२२ माघ २०७७, बिहीबार
  • तारा आचार्य,

विराटनगर, २२ माघ । नेकपाका दाहाल–नेपाल समूहले गरेको आमहड्तालको विरोध गर्दै विराटनगरमा ‘बन्द सदाका लागि बन्द गरौं’ भन्दै विरोध जुलुस निकालिएको छ ।

आमहड्तालको विरोध गर्दै नेकपा ओली समूहले ‘बन्दको लागि सधै बन्द गरौ, नेपाल सँधै खुल्ला छ, गरिखान देउ’लगायतका नारा लेखिएको प्लेकार्ड लिएर विराटनगर बजारको परिक्रमा गरेका हुन् ।

उनीहरुले बन्द हड्ताल गरेर सर्वसाधारणलाई दु:ख दिएको भन्दै बन्द सदाका लागि बन्द गरौ भन्दै बजार परिक्रमा गरेका थिए ।

बन्दको विरोध गर्दै निस्किएको उक्त जुलुसलाई स्थानीय व्यापारी, सर्वसाधारण र स्थानीयहरुको समर्थन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV