२२ माघ २०७७, बिहीबार

एजेन्सी, २२ माघ । टोकियो ओलम्पिक व्यवस्थापन समितिका प्रमुख योशिरो मोरीले महिला सम्बन्धी उनको अनुचित टिप्पणीको लागि माफी मागेका छन्। टिप्पणीको कारण उनको राजीनामाको माग गरिएको थियो। तर उनले राजीनामा दिन अस्वीकार गरे ।‘बुधवार जापानी ओलम्पिक समितिको बैठकमा महिलाले धेरै बोल्छन् र धेरै महिला यस बोर्डमा बोर्ड निर्देशकको रूपमा सहभागी भएकोले यस बैठकले धेरै समय लिनेछन् ‘ उनले भने। ओलम्पिक समितिको बोर्डमा हाल २४ सदस्य छन्, जसमध्ये ५ जना महिला छन्। उक्त समितिले ओलम्पिकमा भाग लिने जापानी खेलाडीहरूको छनोट गर्दछ।

सन् २०१९ मा समितिले समितिको बोर्डमा महिला निर्देशकहरूको संख्या ४० प्रतिशत गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV