२२ माघ २०७७, बिहीबार
  • विनय तिम्सीना,

इलाम, २२ माघ । इलामको दानबारीमा प्रहरीले लागूऔषध (खैरो हेरोइन)सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम जिल्ला देउमाई नगरपालिका–३ बस्ते रमेश अधिकारी रहेका छन् ।

प्रहरीले अधिकारीको साथबाट ४५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) बरामद गरेको छ । सथै उनले प्रयोग गरेको मे १० प ५१७४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

अधिकारीलाई सोमबार माई नगरपालिका–४ लखनचोकमा सवारी साधनहरु चेकजाँचको गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गर्दा पक्राउ गरेको हो ।

अधिकारीले प्रयोग गरेको मे १० प ५१७४ नम्बरको मोटरसाइकल र लागूऔषध बरामद गरी कानून बमोजिम प्रक्रिया पूरा गरी बरामद गरेको सामन र पक्राउ परेका निज रमेश अधिकारीलाई तत्काल जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय इलामका सूचना अधिकारी प्रहरी नयाव निरीक्षक लालध्वज सुवेदीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV