२२ माघ २०७७, बिहीबार

काठमाडौं, २२ माघ । टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले “डाउनलोड एन्ड विन”अभियानको विजेता घोषणा गरेको छ ।

उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् । टीभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका छन् ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टीभीएस दशैंको आशा नामक स्टीकर डाउनलोड गरेर नयाँ टीभीएस जेष्ट स्कुटर जित्न सक्ने अवसर पाएका थिए ।

एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले भने, ‘हामीले यस अभियानमा उत्साहजनक सहभागीता पाएका थियौं । हामी भन्न सक्छौं कि हाम्रो प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएका छन् ।

हामी आगामी दिनमा टीभीएससँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं । अझ धेरै यस्ता रमाइलो उपहारहरु प्रदान गर्न चाहन्छौं ।”

जगदम्बा मोटर्सका जनरल म्यानेजर–सेल्स् एण्ड बिजनेस डेभ्लपमेन्ट रौनियारले भने, ‘हाम्रा ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जीवनमा रमाइलो र उत्साह प्रदान गर्न टीभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रतिआभारी रहेको छौं ।

हामी देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी छौं । हामी यो अभियानमा सहभागीभएर यसलाई सफलबनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छौं ।”

प्रतिक्रिया दिनुहोस्

LIVE TV