२२ माघ २०७७, बिहीबार

काठमाडौं, २२ माघ । जनकपुरमा प्रचण्ड–माधव पक्ष नेकपाका  प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । नेपाल कम्यूनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

बन्द खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित दर्जनबढी कार्यकर्ता घाइते भएका छन्।

पूर्वमन्त्री समेत रहेका नेता झाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले प्रचण्डनेपाल समूहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV